भ्रमण वर्षको प्रवर्द्धनका लागि टेलिभिजन शो प्रशारण हुने

22

(काठमाडौं) – नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि टेलिभिजन शो प्रशारण हुने भएको छ । भ्रमण वर्ष सफल बनाउने उद्देश्यले भ्रमण वर्ष सचिवालयले निजी क्षेत्रको सहयोगमा विशेष टेलिभिजन शो प्रशारण गर्न लागिएको हो ।

‘भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि पल्सर द डेस्टिनेसन’ नामक टेलिभिजन ट्राभल शो निर्माण हुने संयोजक सुरज वैद्यले जानकारी दिए । यो कार्यक्रम पाक्षिक रुपमा प्रशारण हुने भएको छ ।

यो कार्यक्रम नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको बताए ।

टेलिभिजन कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथा समेटिनेछ । प्राकृतिक सुन्दरतासँगै समाजमा लुकेर रहेका विविध आयामलाई प्रकाश पार्नु कार्यक्रमको उद्देश्य रहेको वैद्यले बताए ।

समाचार वर्गहरू