मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुने

118

काठमाडौं – मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) को पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले आगामी कात्तिक १७ गते मनाङमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

यसअघि २०८२ असार १६ गते रूपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएको हुँदा देशभर अद्यावधिक भई भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावली नै मनाङ उपनिर्वाचनमा प्रयोग गरिने आयोगले जनाएको छ।

प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा उपनिर्वाचन गर्ने संवैधानिक व्यवस्था रहेको छ। मनाङ क्षेत्र नम्बर १ (२) २०८१ कात्तिक २० गते रिक्त रहेको छ।

प्रदेशसभा सदस्य मनाङेलाई पदमुक्त गर्न सर्वोच्च अदालतले केही दिनअघि फैसला गरेको थियो। सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि आयोगले मनाङमा उपनिर्वाचन घोषणा गरेको हो।

समाचार वर्गहरू