काठमाडौं – मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा,राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा सामाजिक संजाल पुनः सन्चालन गर्नेबारे छलफलबाट निष्कर्ष आउने एक मन्त्रीले बताए । यसअघि मन्त्रिपरिषद बैठकमा यसबारे कुनै निर्णय नभएको उनको भनाइ छ ।