मन्त्री न्यौपानेको शपथ भोलि दिउँसो ३ बजे

90

काठमाडौं – नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ भोलि (बुधबार) दिउँसो तीन बजे तय भएको छ ।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस पक्ररणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले आजमात्रै न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

मन्त्री न्यौपानको शपथ भोलि दिउँसो तिनबजे तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएसँगै प्रधानमन्त्री केपी ओलीले न्यौपानेलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।

समाचार वर्गहरू