महराले संगठित सुन चोरी पैठारी गरेको अभियोग (अभियोग पत्रसहित)

53
फाइल फोटो

काठमाडौं – पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा बिरुद्ध सुन तस्करी र संगठित अपराध सम्बन्धी मुद्दा दायर भइसकेको छ ।

२०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भित्र लुकाइएको ९ किलो ११.५२४ ग्राम सुनसँग प्रत्यक्ष सम्बन्धित रहेको आरोपमा सोमबार उनी विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दायर हुद्दा अनुसार महराले आफ्नो उच्च राजनीतिक पद र प्रभावको दुरुपयोग गर्दै चिनियाँ नागरिक दावाजिन वाङसँगको मिलेमतोमा संगठित रूपमा सुनको चोरी पैठारी गरेको आरोप छ ।

कृष्णबहादुर महरालाई भन्सार ऐन, २०६४ को दफा ५७ (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ (१), (२) र (३) (क) बमोजिम कसूर गरेको ठहर गरिएको छ ।

यस सुनको तत्कालीन बजार मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ रहेको बताइएको छ ।

समाचार वर्गहरू