महानगरका यी आठ स्थानमा छठ मनाउन पाइने

52
फाइल फोटो

काठमाडौं – आगामी कात्तिक १० गते मनाइने छठ पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आठ स्थानमा छठ मनाउने व्यवस्था मिलाएको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलनमार्फत छठका लागि तोकिएका स्थानहरूको जानकारी दिएका हुन्।

उनका अनुसार छठ पर्वका लागि कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभान, टंकेश्वर, बल्खु (कुमारी क्लब अगाडि), कुलेश्वर भलिबल मैदान र रामघाटलाई औपचारिक स्थलका रूपमा तय गरिएको हो।

उनले ती स्थानहरूमा ३ सयभन्दा बढी सरसफाइकर्मी खटाइएको र सरसफाइ तथा तयारीका काम तीव्र गतिमा भइरहेको जानकारी दिए।

पाण्डेका अनुसार छठ पर्वको नाममा ताल वा पोखरीमा पैसा उठाउन नपाइने व्यवस्था गरिएको छ। यदि कसैले शुल्क लिन खोजेमा तत्काल महानगरलाई जानकारी दिन आग्रह गरिएको छ।

यस वर्षको छठ पर्व कात्तिक १० गते मनाइँदैछ।

समाचार वर्गहरू