काठमाडौं – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ ।
आइतबार दायर गरिएको मुद्दामा बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको र त्यसलाई सम्पत्ति शुद्धीकरणमार्फत १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ पुर्याएको आरोप लगाइएको छ।
मुद्दामा मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलसमेत संलग्न रहेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी कारबाही अगाडि बढाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।