मोटरसाइकल चोरीमा संलग्न ७ पक्राउ

17

(जनकपुर) –  मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकल सहित उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव छन् ।

त्यस्तै, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि मोटरसाइकलल चोरीको अभियोगमा पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

चोरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६ प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ सातै जनामाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू