म कारागार फर्किन तयार छु – टोपबहादुर रायमाझी

54

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका एमाले सचिव टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।

‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिति सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं,’ कारागार प्रशासन स्रोतले भन्यो ।

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती (गोरे) पनि फरार भएका थिए ।

समाचार वर्गहरू