काठमाडौं – नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
एमालेले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष समेत निकालेको छ।
केन्द्रीय कमिटी बैठकले संसद् पुनर्स्थापनाको लागि लोकतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले संसद पुनस्र्थापनाको पक्षमा जनपरिचालन गर्ने निर्णय भएको पनि बताए।