युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डको सम्मान राज लुइँटेललाई

133

काठमाडौं – सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका कीर्तिमानी राज लुइँटेल (राज) भारतको प्रतिष्ठित संस्था युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित भएका छन् ।

केही समयअघि मात्र पनि नेपालमा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड’ तथा थाइल्याण्डमा सम्पन्न ‘हिमालयन इन्टरनेशनल अवार्ड’ तथा नवौं नेशनल क्यापिटल अवार्डमासमेत उनलाई उत्कृष्ट भिडियो निर्देशकको अवार्ड प्रदान गरिएको थियो।

राजललाई केही महिनाअघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के इण्डियन टेलिभिजन अवार्डबाट सम्मानित गरिएको थियो ।

झण्डै दुई दशकदेखि विभिन्न सञ्चारमाध्यममा रहेर नेपाल–भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएकाका कारण योगदानको कदर स्वरूप उनलाई दादासाहेव फाल्के अवार्डबाट सम्मानित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।

छापा पत्रकारितामार्फत सञ्चारमाध्यममा आबद्ध हुनुभएका लुइँटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका र प्याजेन्ट नेपालका प्रमुख हुन् ।

कार्यक्रम व्यवस्थापन संघ नेपालका उपाध्यक्षसमेत रहनुभएका लुइँटेलले अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा डा.एपिजे अब्दुल कलाम सेवा सम्मान, इन्टरनेशनल युथ आइकन अवार्ड भारत, महात्मा गान्धी इन्टरनेशनल अवार्ड भारत, इन्टरनेशनल पिस अवार्ड, भारत, इण्डो नेपाल जर्नालिज्म अवार्डलगायत संघ संस्थाबाट सम्मानित भएका छन् ।

काठमाडौंमा भएको एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थ समितिका सभापति एवं प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समिति सभापति एवं प्रतिनिधिसभा सदस्य अब्दुल खाँन, संस्थाकी प्रमुख एवं द अब्रेल्स टाइम्सकी चिफ इडिटर डा.शिखा नरुला, भारतका पत्रकार मनिष सिंहको हातबाट लुइँटेललाई सो प्रमाणपत्रका साथ सम्मान प्रदान गरिएको थियो ।

समाचार वर्गहरू