रंगशालामा नाम दर्ता गराउने सुकुम्बासीको संख्या ४३२ पुग्यो

57

काठमाडौँ। बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन कार्यक्रममा अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्। यो साँझ ५ बजेसम्मको विवरण हो।

प्रधानमन्त्री बालेन शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्।

आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ।त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।

समाचार वर्गहरू