रविको पक्षमा तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ – प्रधानमन्त्री

103

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।

सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बोल्दै अपराध गरेपछि अदालतले थुनेको बताए । उनले भने, ‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ? नचाहिने काम गर्ने बेलामा आँखा नदेख्ने अनि के को प्रतिशोध ?’

उनले रवि लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको बताए । उनले थपे, ‘तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन भयो भने, सचेत हुन्नस् है, तीन करोडभन्दा माथि नपु¥याउनुस् ।’

उनले यो गठबन्धन ०८४ को चुनावसम्म जाने भन्दै त्यसपछि के गर्ने छलफल गर्ने बताए ।

समाचार वर्गहरू