रवि लामिछाने भिजिट भिसामा अमेरिका जानुभएको हो कि होइन ? – गृहमन्त्री लेखक

81

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई निलम्बित सांसद रवि लामिछाने कुनै समय भिजिट भिसामा अमेरिका गएको हो कि होइन भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री लेखकले सरकारको बारेमा अनुमान र कल्पनाको भरमा टिप्पणी गरेको भन्दै रास्वपा सांसदलाई यस्तो प्रश्न गरेका हुन्।

उनले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गर्दै भने, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु, भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी होस्, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ?”

बैठकमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उनले भने, “सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा उहाँसँगै प्रतिनिधिमण्डलमा जाने व्यक्तिका बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान्छन्, प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये कोको फर्केर आउनुभएन उहाँहरूको नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो, त्यसकारण प्रधानमन्त्रीको स्पेन भ्रमणका बारेका गलत प्रचार भएको छ।”

समाचार वर्गहरू