काठमाडौं – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार हुँदै गएका जानकारी दिएका हुन् ।
शनिबार काठमाडौँको चम्पादेवीमा ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि उनलाई हेकिलप्टरबाट उद्धार गरिएको थियो । अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई ग्राण्डी अस्पताल लगिएको काफ्लेले जानकारी दिए । रासस