रामकुमारीलाई थप ७ दिनको समय, चित्त बुझ्दो जवाफ नआए निष्कासन

108

काठमाडौं – नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण समय दिने तयारी गरेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार उनलाई १ हप्ताको समय दिइने छ । ‘७ दिन समय दिएका छौं । चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन् । पछि हट्ने ठाउँ छैन’, ती पदाधिकारीले भने ।

नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको  बताए ।

अध्यक्षमाथि बोल्नै नहुने कुरो बोलेको भन्दै यसले पार्टीमा अराजकता बढ्ने जसले जे मन लागो त्यही गर्ने नजिर बस्ने भएकाले आत्मालोचनासहितको जवाफ आउँछ आउँदैन ? केही दिन कुर्ने निचोड निकालिएको छ ।

लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

समाचार वर्गहरू