काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच भएको वार्ता सकिएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो ।
आज साढे ५ बजेदेखि चलेको वार्ता केहीबेर अघि मात्रै सकिएको हो ।
वार्तामा प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरू पनि सहभागी थिए । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।
जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।
छलफलका विषयहरु भने सार्वजनिक गरिएको छैन ।