राष्ट्रिय लिग आगामी चैत २५ गतेबाट

19

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग प्रतियोगिता आगामी चैतबाट सुरु गर्ने भएको छ । करीब एक महिना चल्ने प्रतियोगिता एन्फाले चैतको २५ गते सञ्चालन गर्ने निर्णय गरेको हो । काठमाडौं र मोफसलमा हुने प्रतियोगिताको मिति सार्वजनिक गर्दै एन्फाले राष्ट्रिय लिगको समेत टुङ्गो लगाएको हो ।

राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ क्लब र अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप खेल्ने ४ क्लबले सहभागीता जनाउने छन् । यसअघिनै मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि नियमावली लागू भईसकेको एन्फाले जनाएको छ ।

एन्फाले आगामी मंसिर २८ गतेबाट माघ २९ गतेसम्म ए डिभिजन लिग सहित अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट लिग गर्नेछ । त्यस्तै चैत २५ देखि बैशाख २५ गतेसम्म राष्ट्रिय लिग गर्नेछ । यस्तै मोफसलको प्रतियोगिता सञ्चालनका लागि उपलब्ध गराईने मिति समेत सार्वजनिक गरेको छ ।

गोल्डकप आयोजकले एक हप्ता अगाडीनै प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुपर्ने र प्रतियोगिताको बीमा गरिएको हुनुपर्ने नियम एन्फाले अनिवार्य गरेको छ ।

समाचार वर्गहरू