काठमाडौं – रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कात्तिक १७ गते सोमबार हुन गइरहेको रुपन्देही उपनिर्वाचनका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन आएका २७ दलमध्ये २६ दलले मापदण्ड पुरा गरेका छन् ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा निर्वाचनअघि दल दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। आयोगको सोमबार बसेको बैठकले दल दर्तासम्बन्धी निर्णय गरेको हो।
राप्रपाका दीपक बोहराको निधन भएपछि रूपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेको हो।
यी हुन दर्ता भएका दलहरू :