काठमाडौं – रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्दैछन् ।
पार्टीले उम्मेदवार घोषणँ गर्नुअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।
रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ ।
साढे एक बजेपछि उम्मेदवार घोषणा हुने भएकोले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा स्रोतले जनाएको छ ।
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।
रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्ति १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।