लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

66

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका रोहितले कार जितेका हुन् ।

यसैगरी लुम्बिनीका रुवेन ट्रम्पलम्यान नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रुवेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै ६५ रन बनाए । उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

लुम्बिनीकै कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर, विराटनगरका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर र लुम्बिनीका शेर मल्ल उत्कृष्ट उदीयमान खेलाडी घोषित भए । रोहितले लिगमा २७६ रन बनाए ।

सन्दीप र शेरले समान १७–१७ विकेट लिए । तिनैवटै खेलाडीले पल्सर बाइक पाए ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइन खेलमा उनले ह्याट्रिक विकेट लिए ।

समाचार वर्गहरू