विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

53
प्रतिकात्मक तस्विर

काठमाडौं – आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

१३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् ।

असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताए ।

उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर परिवारकै संरक्षणमा पठाइएको डिएसपी बुढाथोकीको भनाइ छ।

स्रोतका अनुसार पीडित बालिका गरिब परिवारको भएकाले प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न ।

बालिकाले बताएअनुसार प्रधानाध्यापकले विद्यालयमै २ पटक बलात्कार गरेका हुन् । आफु दुई पटक बलात्कृत भएको बालिकाले बताएपछि आफन्तले प्रहरीमा जाहेरी दिएको बताइएको छ । रासस

समाचार वर्गहरू