विद्यासँगको विवाद राजनीतिक ढंगले सुल्झ्याउनुस – गोकुल बास्कोटा

119

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा बोल्ने क्रममा नेता बास्कोटाले छलफल गरेर विवाद टुंग्याउन अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिए ।

‘अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ,’ उनले भने, ‘तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’

उनले समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूलाई पनि आग्रह गरे । ‘दोस्रो पुस्ताका हौं भन्नेहरुले मिलाउने क्षमता देखाउनुस्, तपाईंहरूसँग त हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं,’ बास्कोटाले भने ।

समाचार वर्गहरू