विनोदको घरबाट सवा ४ करोड नगदसँगै ९ किलो सुन पनि बरामद

85

काठमाडौं – काठमाडौंको गोंगबु क्षेत्रमा प्रहरीले छापा मारी करिब सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन समेत बरामद गरेको छ।

मंगलबार दिउँसो प्रहरी ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा पुगेको थियो। त्यहाँबाट चार करोड २५ लाख ५० हजार रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

घर धनी विनोदले पैसा मिटरब्याजमा लगाउने र सुन धितोका रूपमा लिने गरेको प्रहरीको आरोप छ। अहिले बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दोस्रो तल्लाको बैठक कोठामा ४ करोड २५ लाख ५० हजार नगद र लुकाई राखिएको ९८३७.९६ ग्राम सुन र ३२१८.४९२ ग्राम चादी फेला पारेको थियोे । सुन पसलका सञ्चालकमार्फत गरगहना धितो राख्ने र प्रचलित व्याजदरभन्दा अत्यधिक व्याज असुलीमा श्रेष्ठ संलग्न थिए ।

गरगहना धितो राख्ने ग्राहकलाई सुन पसलेले बैंकमा राखिएको जवाफ दिने गरेका छन् । तर, ती ग्राहकका गरगहना भने व्यक्तिको घरमा भण्डारण गरिने यो प्रतिनिधि घटना भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

सर्वसाधारण ग्राहकबाट असुलिएको उच्च व्याजबापतको रकम श्रेष्ठले बैंकमा नराखी घरमै भण्डारण गरेका हुन् ।

समाचार वर्गहरू