विश्व बजारमा कच्चा तेलको मुल्य घट्दा नेपालमा उच्च बृद्धि : सरकारद्वारा दैनिक मुल्यवृद्धि

3

काठमाडौं । विश्वभर ३० प्रतिशत इन्धन आपूर्ति हुने हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणासँगै कच्चा तेलको मूल्य घट्दै गएपनि नेपालमा भने झन झन बृद्धि गरिदै गएको छ । शुक्रबार प्रतिब्यारेल ९८ डलर रहेको मूल्य घटेर शनिबार ८८ डलरमा पुगेको छ । यसबाट संसारभर इन्धनको भाउ घट्ने र आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

नेपालमा इन्धनको मूल्य दक्षिण एसियामै महंगो रहेको छ । यस्तो अवस्थामा इन्धनको मूल्य समायोजन गर्नुपर्ने उपभोक्ताको माग छ । विज्ञहरुले आयल निगमलाई वित्तीय स्रोत उपलब्ध गराएर भए पनि उपभोक्तालाई राहत दिन माग गरेका छन् । नेपाल आयल निगमले महिनाको दुई पटक भारतीय आयल कर्पोरेसनले मूल्य पाठाउने गरेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बनेपछि २/४ दिनको अन्तरालमा भारीमात्रामा मुल्य बृद्धि गर्दै आएको छ ।

हरेक महिनाको १ र १६ गते आउने मूल्यकै आधारमा नेपालमा मूल्य निर्धारण हुने गरेको भएपनि निगमले घाटा देखाउदै मुल्यबृद्धि गर्दे आएको छ । हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणापछि कच्चा तेलको मूल्य घट्न सुरु गरिसकेको छ । अब नेपालमा कहिले घट्छ ? भन्ने जवाफ निगमका प्रवक्ता मनोजकुमार ठाकुरले समेत दिन सकेनन ।

कारण मध्यपूर्वको युद्धलाई देखाउदै अत्याधिक मुल्यबृद्धि गरेर उभोक्तामाथी निगमकै कर्मचारी लुट मञ्चाउदै आएका छन । तत्काल समायोजनका लागि अर्को विकल्प पनि भएपनि त्यसतर्फ सरकारको ध्यान गएको छैन । जसकालागि सरकारले मूल्य स्थिरीकरण कोषको प्रयोग वा राहतका लागि नीतिगत निर्णयलिनुपर्ने थियो तर त्यो नीति बारे अहिलेको सरकार सञ्चालकको ध्यान नै गएको देखिदैन ।

यो निर्णय वाणिज्य मन्त्रालयले नै गर्नुपर्छ । यता उपभोक्ताले भने इन्धनको मूल्य समायोजन गर्न माग गर्दै आएका छन् । अहिले नेपालमा इन्धनको मूल्य दक्षिण एसियाली मुलुकमै सबैभन्दा बढी छ । भारतमा पेट्रोल प्रतिलिटर १५० देखि १६५ रूपैयाँसम्म छ । जबकि नेपालमा पेट्रोल प्रतिलिटर २१९ र डिजल २३७ रुपैयाँ रहेको छ ।

यस्तै, पेट्रोलको मूल्य बंगलादेशमा १४० देखि १४५, श्रीलंकामा १८७, अफगानिस्तानमा १४० र भुटानमा १५६ रुपैयाँ रहेको छ । भारतले मूल्य स्थिर राख्नका लागि प्रति लिटर २० देखि ३० रुपैयाँ अर्थात् दैनिक १६ सय करोड बराबरको घाटा व्यहोर्दै आएको छ । सरकारी तेल कम्पनीहरुलाई अनुदान दिएरै भए पनि भारत सरकारले उपभोक्तालाई राहत दिइरहेको छ ।

बंगलादेशले पनि कोटा प्रणाली लागू गरेरै भए पनि मूल्य बढ्न दिइरहेको छैन । नेपालले पनि चर्को मूल्य रोक्ने उपाय खोज्न विज्ञहरुले सुझाव दिएका छन् । यता आयल निगमले भने पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजलको मूल्य २३७ रहँदा पनि १५ दिनमा ५ अर्ब ७० करोड घाटा रहेको बताएको छ ।

अझै मूल्य घटाउने हो भने आइओसीलाई दिने पैसा नहुने तर्क निगमको छ । इन्धनमा हुँदै आएको मूल्यवृद्धिका कारण खाद्यान्नमा महंगीदेखि सार्वजनिक यातायातको भाडा वृद्धिसम्मको मार उपभोक्ताले खेपिरहेका छन् । त्यसैले इन्धनको लगातार मूल्यवृद्धि रोक्न सरकारले विकल्पहरुको खोजी गर्नुपर्छ ।

समाचार वर्गहरू