शारदा विद्या निकेतन र शारदा मावि विजयी

20

(धनगढी) – धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग अन्तर्गतको आजको खेलमा शारदा विद्या निकेतन र शारदा मावि विजयी भएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा दुबै टोलीले क्वाटरफाईनल प्रवेशको सम्भावनालाई बलियो बनाएका हुन् ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा शारदा विद्या निकेतनले भक्तपुर निष्ट स्कूललाई ९ विकेटले पराजित गर्यो । भक्तपुर निष्टले दिएको ११८ रनको विजय लक्ष्य शारदाले १४ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

शारदाको सानदार जितमा राजन सिंहले अर्तकतकीय पारी खेले । ४२ बलको सामना गरेका सिंहले ६ चौका र ४ छक्काको मदत्तमा अविजित ६१ रन बनाए । सिंहले प्रतियोगिताको चौंथो संस्करणमा दोस्रो अर्धशतक बनाएका हुन् ।

यसअघि उद्घाटन खेलमा लिटल फ्लावरका विपिन रावलले (२४ बलमा ६ छक्का र ४ चौका सहित अविजित ५९ रन) अर्धशतक बनाएका थिए । शारदालाई जिताउन अर्का ओपनर विरेन्द्र नाथले ४७ रन बनाए । ४५ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि राजन सिंह र विरेन्द्र नाथले एक सय १० रनको साझेदारी समेत गरे । भक्तपुर निष्टका लागि विज्ञानराज गौतमले मात्रै एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको भक्तपुर निष्टले १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ११७ रन बनायो । सो पारीमा दिपेन्द्र ऐरीले ३० र सोहन यादवले २३ रन बनाए ।

शारदाका लागि गोविन्द विष्ट, अरुण धामी र नरेन्द्र सावदले २ / २ विकेट लिए । खेलमा शारदा विद्या निकेतनका राजन सिंह म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सहय सहित ट्रफी पाए ।

आजै भएको दोस्रो खेलमा अत्तरीयाको सत्यवती एकेडेमीलाई शारदा माविले ५ विकेटले पाखा लगाएको छ । टस जितेर पहिले व्याटिङ गर्दै सत्यवतीले १७ दशमलव ९ ओभरमा सवै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो । सत्यवतीका लागि खगेन्द्र जोशीले ३३ रन र निरज भट्टले १८ रन बनाए ।

अन्य व्याट्सम्यानहरुले दोहोरो रन अंक छुन सकेनन् । शारदाका लागि अल्फास मंन्सुरीले ४ विकेट लिए । श्याम सुन्दर सावद र रिजन थापाले २ /२ विकेट लिए । ८६ रनको विजय लक्ष्य पछ्याएको शारदाले ११ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

शारदाका लागि सोनु अन्सारीले २८ रन र रिजन थापाले २० रन बनाए । सत्यवतीका लागि योगेश भाटले २ तथा निरज भट्ट, मणिराम भट्ट र अर्जुन तिवारीले १/१ विकेट लिए । खेलमा म्यन अफ द म्याच हुँदै अल्फास मंन्सुरीले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार दुई खेल हुनेछन । पहिलो खेलमा सरस्वती नमुना मावि र भक्तपुर निष्ट स्कूल तथा दोस्रो खेलमा लिटल फ्लावर स्कुल र लिटिल बुद्ध कञ्चनपुर बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले जानकारी दिए ।

समाचार वर्गहरू