सभामुखमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने कांग्रेसको माग

16

काठमाडौँ — नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

‘सभामुखका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएको समाचारलाई कांग्रेसले अत्यन्तै दुःखद घटनाका रूपमा लिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पदसमेतको जिम्मेवारीबाट राजीनामा गरी निष्पक्ष अनुसन्धानमा सघाउनुपर्छ ।’ सभामुख महराले राजीनामा दिइसकेका छन् ।

‘कानूनको नजरमा सबै समान हुन्छन्, सबैले निर्दोष सावित हुने या दोषी ठहरिए कारबाही भोग्ने प्रक्रियामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

समाचार वर्गहरू