सरकारलाई टिकटकको पत्र, पाँचबुँदे प्रतिबद्धतासहित फुकुवाका लागि आग्रह

11

काठमाडौं – प्रतिबन्ध फुकुवाका लागि टिकटकले पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ ।

टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको हो ।

नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो ।

‘विश्वभर ४० हजारभन्दा बढी सुरक्षा व्यावसायिक कर्मचारी नवीन प्रविधिलाई प्रयोग गरेर हाम्रो बलियो ‘कम्युनिटी गाइडलाइन’ कार्यान्वय गर्न सक्रिय छन् ।’ टिकटकले पत्रमा भनेको छ । 

नेपालमा व्यवसाय निरन्तरताका लागि प्रमुख पाँच क्षेत्रमा ध्यान केन्द्रित गराउन र त्यसप्रति प्रतिबद्ध रहेको टिकटकले पत्रमा जनाएको छ । प्रतिबन्ध फुकुवाका लागि आग्रह गर्दै टिकटकले सहयोगको याचनासमेत गरेको छ । 

सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

यस्ता छन्  टिकटकका प्रतिबद्धता 

  • १, नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ ।
  • २, सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ ।
  • ३, सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने ।
  • ४, देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ ।
  • ५, हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ ।
मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू