सरकारले यी ११ देशका राजदूतहरूलाई फिर्ता बोलायो

58
तस्बिर - रासस

काठमाडौं – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ।

आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति पाएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई कात्तिक २० गते भित्र फिर्ता हुन निर्देशन दिइएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यस्तै बैठकले किर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कामको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

समाचार वर्गहरू