काठमाडौं – जेन-जी समुहले सरकारसँग वार्ता गर्न समिति बनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेन-जी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि समिति बनाउने सहमति भएको हो ।
छलफलमा सहभागी एक जेन्जी नेताका अनुसार वार्ता समिति बनाउने र आन्दोलनको म्यान्डेटअनुसार सरकारसँग सम्झौता गर्ने सहमति भएको हो ।
वार्ता समिति र वार्ताका लागि समन्वयको जिम्मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाललाई दिइएको छ ।