काठमाडौं – अन्तरिम सरकारको प्रमुख छान्ने विषयमा जेनजीबिच नै विवाद देखिएको छ। उनीहरुबिच नै एकमत हुन नसकेपछि नेपाली सेनाले बिहीबार बिहान संयोजक तोकेर आउन निर्देशन दिएको छ।
एक समुहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका छन्। हर्क साम्पाङले भने आफुले उनलाई समर्थन नगर्ने बताएका छन्। बालेनको सचिवालयले भने बालेनले कार्कीलाई नै समर्थन गरेको जनाएको छ।
जंगी अड्डाअघि जम्मा भएका युवाहरुको विभिन्न थरी मत छ । कतिपयले पहिला एजेन्डामा छलफल गरेर मात्र व्यक्तिको विषयमा छलफल गर्नुपर्ने बताएका छन्।