काठमाडौं – सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । लामो समयदेखि रिक्त न्यायाधिश पदमा न्याय परिषदले तिन जनाको नाम सिफारिस गरेको थियो ।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सर्वोच्चमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीशका रुपमा कार्यरत थिए भने पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।