साग महिला भलिबलमा नेपाल भारतसँग पराजित

16

(काठमाडाैं) – १३ औं साग महिला भलिबलमा रजत पदकमा सीमित भएको छ । काठमाडाैंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज साँझ भएको फाइनलमा नेपाल भारतसँगको प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित हुन पुग्यो ।

पहिलो सेटमा १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । चौंथो सेटमा २०–२५ ले पराजित नेपालले पाँचौ तथा निर्णायक सेटमा भने लय गुमाउन पुगेको थियो ।

नेपालले पाँचौ सेट १५–६ ले भारतलाई सुम्पिएपछि भलिबलमा ऐतिहासिक पदक हात पार्न असफल भयो । नेपालले प्राप्त गरेको रजत पनि पहिलो पटक हो ।

नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो । महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो  ।

समाचार वर्गहरू