सात करोड ८७ लाख ठगीको आरोपमा पूर्व वडाअध्यक्ष पक्राउ

20

काठमाडौं –  काठमाडौं महानगरपालिकाका  वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो।

काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए। तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले  रकम रकम फिर्ता माग्दा नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरेका थिए।

बिष्ट पक्राउ परेकोमा सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए।

पक्राउ परेका बिष्ट २०७४ को निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए।  वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए।

समाचार वर्गहरू