सिंहदरबार जलाउने खालका युवा हाम्रो पार्टीमा अटाउँदैनन् – हर्क साम्पाङ

49

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका मेयर हर्क साम्पाङले आफ्नो दल श्रमलाई माया गर्नेहरु पार्टी हुने बताएका छन् ।

सिंहदरबार जलाउने सोंच राख्ने युवाले आफ्नो दलमा कुनैपनि स्थान नपाउने साम्पाङले बताए ।

दल दर्ताका लागि निर्वाचन आयोग पुगेर आइतबार सनाखत गरेका साम्पाङ पेटको लागि मात्रै होइन, देशका लागि पनि सोच्ने युवा तयार गर्ने दाबी गरे।

‘माटोलाई माया गर्ने युवाहरू तयार गर्छौं। नेपालीलाई श्रमसँग जोड्छौं,’ साम्पाङले भने,‘देशको खेताला तयार गर्छौं।’

श्रम संस्कृति पार्टी नयाँ जागरण ल्याउने दल भएको साम्पाङको दाबी गरे। विरोधीलाई पनि आफूले माया गर्ने बताउँदै साम्पाङले भने, ‘एमाले र कांग्रेसले राम्रो गरेको भए राम्रो गरे भन्न सक्नु पर्‍यो नि।’

साम्पाङले पत्रकार, कर्मचारी वकिललगायत दलमा आवद्ध हुन नहुने बताए ।

समाचार वर्गहरू