सिटीसँग चेल्सी २-१ ले पराजित

13

(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता समेत रहेको सिटीले चेल्सीलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो ।

सिटीको घरेलु मैदानमा अग्रता भने चेल्सीले २१ औं मिनेटमा एन गोलो कान्टेको गोलमार्फत लिएको थियो । तर अग्रता लामो समय टिकेन ।

केभिन डे ब्रएनाले सिटीका लागि २९ औं मिनेटमा बराबरी गोल फर्काए । सबै गोल दोस्रो हाफमै भएको खेलमा सिटीका लागि ३७ औं मिनेटमा रियाद महारेजले विजयी गोल गरे ।

जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।

समाचार वर्गहरू