सुशीला जी, तपाइँ राजिनामा दिनुस् ! म युवाको माग पुरा गर्छु – हर्क साम्पाङ

74

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

जेनजीको मर्म अनुसार प्रधानमन्त्री कार्कीले काम गर्न नसकेको बताउँदै मेयर साम्पाङले फेसबुक मार्फत प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ सुशीला जी…तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर !’

कार्की प्रधानमन्त्री नियुक्त भएपछीको मन्त्रिपरिषद्ले पूर्णता समेत पाउन सकेकको छैन । दुई पटक मन्त्रिपरिषद विस्तार हुँदा ८ सदस्यीय पुगेको छ । कार्कीसँगै ९ मन्त्रालय रहेका छन् ।

नयाँ पुस्ताका युवाहरुको आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षका आसपासका नियुक्त भएपछि आलोचना हुन थालेको छ ।

समाचार वर्गहरू