हेटौंडाको हुप्रचौरमा बेवारिसे प्रेसरकुकरले स्थानीय त्रसित

18

काठमाडौं – हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसरकुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि खतरा हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेकी छन् ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोललाई खबर गरिएको उनले जानकारी दिएका छन् ।

समाचार वर्गहरू