३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

116

काठमाडौं – महोत्तरीको गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामुहिक राजीनामा दिएका छन् ।

प्रधानाध्यापकहरूले आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि मङ्गलबार नगरपालिका प्रशासन शाखामा राजीनामा बुझाएका हुन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्बाेधन गरी लेखिएको सामूहिक राजीनामा पत्रमा चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्पुस्तक, बाल शिक्षाका प्रति विद्यार्थी अनुदान, नगर शिक्षक, नगर अनुदान, सशर्त, पूँजीगत तथा शैक्षिक अनुदान लगाएत शीर्षकमा पटक पटक अनुरोध ताकेता गर्दा पनि निकासा नभएको उल्लेख छ ।

यता गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महोतेले कागजी प्रक्रिया पूरा भएको र काम सम्पन्न भएको रकमहरु निकासी भईसकेको बताएका छन् । प्रधानाध्यापक नियुक्ति विद्यालय व्यवस्थापन समितिले गरेको हो ।

‘प्रधानध्यापकले राजिनामा व्यवस्थापन समितिलाई बुझाउनु पर्ने हो प्रधानध्यापक नियुक्ति समितिले गरेको हो, नगरपालिकाले होईन । रह्यो कुरा रकम निकासी वा भुक्तानिको त्यों हामिले नियम अनुसार अनुगमन समेत गरेर निकासा गरिसकेका छौँ,’ नगरप्रमुख महोतोले भने । उनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हाजिरी सामुदायिक विद्यालय गरेर शिक्षकहरुले बढ़ी रकम निकाल्न खोजेको अनुगमनबाट देखिएको समेत आरोप लगाएका छन् ।

यता गौशाला नगरपालिकामा रहेका सामुदायिक विद्यालयले भर्खरै सम्पन्न माध्यमिक परिक्षा एसईई मा पच्चास प्रतिशत भन्दा बढ़ी नतिजा ल्याउन नसकेको र त्यसलाई दबाउन शिक्षकहरुले उक्त कदम चालेको स्थानियको आरोप छ ।

समाचार वर्गहरू