काठमाडौं – सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौंमा रहेका अमेरिकासहित ९ देशका दूतावासले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन्।
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिएर शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन्।
शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघ लगायत मानवअधिकारवादी संस्थाहरू ले जेन–जीको हत्या र घाइते भएको घटनाले स्तब्ध पारेको जनाएका छन्।