मध्यबिन्दु/धम्बोझी – थारु समुदायको मुख्य पर्वका रुपमा लिइने माघी पर्व धुमधामका साथ मनाइएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सँदै आपसमा मिलेर नाचगान गर्ने र मीठामीठा खानेकुरा खाँदै आफ्ना परिवार र समुदायसँग मिलेर थारुहरुले माघी पर्व मनाएका छन् ।
‘बर्का टिउहार’ पनि भनिने यो पर्व पुस महिनाको अन्तिम दिनबाट ४ दिनसम्म मनाइन्छ । यस पर्वलाई थारु कमैया–कम्लरीको मुक्ती दिवसको रुपमा लिइन्छ ।
विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङलगायतका जिल्लामा मनाइने माघी पर्व अहिले अन्य ठाउँमा अन्य समुदायका मानिसहरुले पनि मनाउन थालेका छन् ।
तस्वीरमा कैद माघी पर्वका केही दृश्यहरु :

माघीलाई थारु समूदायले आर्थिक वर्षको सुरुवातका रुपमा समेत मान्ने गरेको छ । चेलिबेटीलाई माइत बोलाएर नाचगान र खानपिन गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।


पर्वको समयमा वर्घर (गाउँको अगुवा) चुन्ने, वर्षभरीको योजना बनाउने तथा समुदायमा गरिने विकास निर्माणसम्बन्धि योजना बनाउने चलन रहेको छ ।
तस्वीरहरु : मेनकाकुमारी चौधरी (रासस)