थ्रीस्टारसँग सरस्वती क्लब ४–० ले पराजित

28
तस्बिर सौजन्य : एन्फा

(काठमाडौं) – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वतीलाई ४–० गोलले हराएको हो ।

थ्रीस्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै, भारतीय खेलाडी लाल राम्मभ्राको नाममा एक गोल रह्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा सरस्वतीविरुद्ध ४ गोल गर्‍यो ।

थ्रीस्टारले खेलको ४८ औं मिनेटमा भारतीय खेलाडी लाल राम्मव्राले गरेको गोलबाट अग्रता लिएको छ । ५७ औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । खेलको ६० र ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पूरा गरे ।

जारी लिगमा ह्याट्रिक गर्ने सन्जोग पहिलो खेलाडी बनेका छन् । जितसँगै थ्रीस्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ । पुछारको सरस्वतीले १० खेलबाट ४ अंक जोडेको छ ।

समाचार वर्गहरू