अनन्त र नवयुगको सानदार गोलमा लाओस २–० ले पराजित

7

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो। नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३०औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६औं मिनेटमा नवयुगले गोल गरे।

दोस्रो हाफमा नवयुग श्रेष्ठले सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। ५६औँ मिनेटमा करिब ३५ यार्ड टाढाबाट नवयुगले हाफ भलीमा आकर्षक गोल गरेका थिए।

पछिल्लो समय चोटका कारण केही खेल गुमाएका नवयुगले प्लेइङ ११ मा फर्कंदै खेलमा आफ्नो महत्व दर्शाए। उनको यो आठौँ गोल थियो।

आजबाट सुरु भएको त्रिदेशीय प्रधानमन्त्री कपमा नेपाल, लाओस र भुटान सहभागी छन्। प्रतियोगिताको दोस्रो खेल लाओस र भुटानबीच हुनेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू