अन्तत: स्वस्तिकाकाले पाइन् नेपाली नागरिकता

81

काठमाडौं – विगत १४ वर्षदेखि अभिभावकविहीन भएर धुलिखेल नगरपालिका–७ मा रहेको बालगृहमा बस्दै आएकी स्वस्तिका केसीले अभिभावक र नागरिकता दुवै पाएकी छिन् ।

बेवारिसे अवस्थामा बीच बाटोमै छाडेर फरार भएका उनका बुबा बिष्णुराज केसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० बाट स्वस्तिकालाई नागरिकता बनाइदिएका हुन ।

स्वस्तिकाकाको नागरिकताको लागि वडाअध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकेले वंशजको आधारमा नागरिकता दिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले मंगलबार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

नागरिकताको लागि सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठअभियन्ता अर्जुन भुषालस्वस्तिकालाई सबैभन्दा पहिला आश्रय दिने राधा माकजुका छोरा सुवास माकजुलगायतका व्यक्तिहरू स्वस्तिकाको पुर्ख्यौली गाउँ चौतारा साँगाचोकगढी नगरपालिका-१० खत्रीथोक र प्रशासन कार्यालय पुगेका थिए ।

‘नागरिकताको लागि त्यति सहज थिएन । वडा कार्यालयले सार्वजनिक मुचुल्का खोजेको थियो । तरवडा अध्यक्षले सबै स्थानीय भेला गरेर मुचुल्का तयार गरिदिनुभयो र सहज भयो’अभियनता अर्जुन भुषालले भने ।

वडा अध्यक्ष निलबहादुर तामाङले स्वस्तिकाका बुबा गाउँमा नबसेकोले केही समस्या भए पनि नागरिकता सिफारिसमा स्थानीय गाउँलेहरु सबैले सार्वजनिक मुचुल्कामा हस्ताक्षर गरिदिएर सहयोग गरेको जानकारी दिए ।

स्वस्तिकाका बुबा विष्णु सिन्धुपाल्चोकमा भए पनि उनी कामको सिलसिलामा जिल्ला बाहिरनै बसेका थिए ।

नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गर्दा पनि कोही पनि सम्पर्कमा नआएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा स्वस्तिकाका बुबा र ममीलाई सम्पर्कमा आएका थिए ।

समाचार वर्गहरू