अरुणिमा माध्यमिक विद्यालयको अभिभावक दिवस सम्पन्न

53

काठमाडौं – अरुणिमा शैक्षिक प्रतिष्ठानअन्तर्गत सञ्चालित अरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवस–२०८० अत्यन्त भव्यतापूर्वक सम्पन्न गरेको छ ।

प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभाध्यक्षता र साहित्यकार महेश पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू अर्थविध केशवप्रसाद आचार्य, साहित्यकार कोषराज न्यौपाने, सर्वजित लामा, वरिष्ठ सङ्गितकार श्रीराम आचार्य क्षेत्रीसहित विशिष्ट अतिथी, गुठियार, अभिभावक, विद्यार्थी, शिक्षक–कर्मचारी एवम् सञ्चारकर्मीहरूसहित करीब एक हजार पाँच सयको उपस्थिती रहेको थियो ।

विद्यार्थीहरूका ३५ भन्दा बढि विविध सांस्कृतिक प्रतिभा प्रस्तुती एवम् अरुणिमा स्मारीका–७ को लोकापर्ण कार्यक्रमका प्रमुख आकर्षण रहे । सञ्चालक सिमिति सदस्य केशवप्रसाद जोशीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा क्रमशः खेमराज ढकालले अतिरिक्त कृयाकलाप गितिविधि एवम् सहायक प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयका शैक्षिक गतिविधिहरूको विस्तृत प्रतिवेदन पेश गरेका थिए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष सागरराज सुवेदीले उत्तर–पूर्वी भेगमा नै अरुणिमा उत्कृष्ट विद्यालय भएको जीकिर गरे ।

अरुणिमा अल्म्नाई एसोसिएसनका अध्यक्ष श्री जितेन्द्र श्रेष्ठले अरुणिमाले प्रदान गरिरहेको छात्रावृति सुविधा विस्तार गरीे शैक्षिक अवसरबाट वन्चित अझ धेरै बालबालिकाहरूलाई अरुणिमाका कार्यक्रमहरूमा ल्याउनु पर्ने र सोका लागि अरुणिमा परोपकार प्रतिष्ठानमा सहभागी हुन सबैलाई आव्हान गरे ।

प्रमुख अतिथि पौड्यालले विद्यालयका शैक्षिक उपलब्धी एवम् कार्यक्रममा प्रस्तुत विद्यार्थीका प्रस्तुतिहरूको खुलेर प्रशंशा गर्दै बालसाहित्यको सीर्जना तथा विकाससँग सम्बन्धीत भएर अरुणिमासँग धेरै क्षेत्रमा सहकार्य गर्न सकिने खुलासा गरेका थिए ।

कार्यक्रम समापन गर्ने क्रममा सभाध्यक्ष ढुङ्गानाले ३९ वर्षको इतिहासमा प्रतिष्ठानले राष्ट्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान गरेको तथ्यमा प्रकाश पार्दै यस क्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक–कर्मचारी, गुठियार, सल्लाहकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सञ्चारकर्मी एवम् शुभेच्छुकहरूको विस्तृत समुदायप्रति हार्दिक अभार प्रकट गरे ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू