अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने पक्राउ

7

काठमाडौं – अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- २ घर भई हाल काठमाडौं महानगरपालिका- २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो । 

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू