अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मदिरासहित ३ पक्राउ

56

(पर्सा) – अवैध रुपमा भारत लैजान लागिएको मदिरा सहित पर्साबाट एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने रामपुकार चौरसिया रहेका छन् ।

उनलाई वीरगञ्ज महानगरपालिका-१६ भन्सार कार्यालय पछाडिबाट भारततर्फ लैजाँदै गरेको ३ कार्टुनमा रहेको ९० बोतल रक्सी सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी पर्सागढी नगरपालिका-४ भेडाबाट वीरगञ्ज महानगरपालिका ३२ बस्ने ३० वर्षीय नारायण राम र सोही ठाउँ बस्ने २० वर्षीय राजन महरालाई अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३५ लिटर घरेलु मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारको लकडाउनको निर्णयलाई अवज्ञा गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

समाचार वर्गहरू