आइसोलेसनबाट कोरोना संक्रमित भागे गोली हान्ने अनुमित

26

(पर्सा) – जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित बिरामी आइसोलेशन वार्डबाट भागे गोली समेत चलाउने अधिकार दिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आइसोलेशनमा भर्ना भएका बिरामी भागे गोली समेत चलाउने अधिकार प्रदान गरेको हो ।

बैठकले संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकारी प्रदान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

वीरगञ्जको नारायणी आस्पतालको आइसोलेसनमा भर्ना भएका दुई जना संक्रमित बुधबार भागेका थिए । दुबैलाई प्रहरीले नियन्त्रणमा लिई पुन: आइसोलेसनमा राखेको छ । जिल्लामा कोभिड–१९ संक्रमित बढ्दै गएको र नारायणी अस्पतालमा आइसोलेसन बेड पर्याप्त नभएकाले आइसोलेसन बेड थप गर्ने सम्बन्धमा आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, जिल्लामा कोभिड–१९ संक्रमणका शंकास्पद व्यक्तिहरु बढ्दै गएकोले त्यस्ता शंकास्पद व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिहरुलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

समाचार वर्गहरू