आईपीएलको तालिका सार्वजनिक

25

काठमाडौं – यूएईमा हुने इण्डियन प्रेमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको १३ औँ शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण झण्डै ५ महिना पछि धकेलिएको आईपीएलको उद्घाटन सत्र भने आगामी असोज ४ गते अबुधावीमा हुनेछ ।आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्सले खेल्नेछन् ।

यसअघि सन् २०१४ मा पनि आईपीएलको पहिलो चरणको खेल यूएईमा भएको थियो । लिगको सबै खेल ३ नोभेम्बरसम्म हुनेछ ।

यस्तै, दोस्रो दिन नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ । असोज ५ गते सनराईजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगोलर बीच खेल हुनेछ । सारजहामा हुने पहिलो खेलमा भने असोज ६ गते राजस्थान रोएल्स र चेन्नईबीच खेल हुनेछ ।

यस्तै पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

समाचार वर्गहरू