आज काठमाडौं अदालतमा उपस्थित हुँदै रवि लामिछाने

44

काठमाडौं – कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी प्रहरीको हिरासतबाट रिहा भएका थिए।

समाचार वर्गहरू